बैतडी-नेकपा एमाले मेलौली नगर कमिटिको दुई महिने (मिसन ग्रास रुट) अभियान सम्पन्न भएको छ। दुई महिना अगाढी देखि सञ्चालन गरिएको अभियान आज सम्पन्न भएको राष्ट्रिय युवा संघ नेपालका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य प्रशान्त क्षेत्रिले बताए।
नेकपा एमालेका केन्द्रिय सदस्य एब माननिय नर बहादुर धामिको प्रमुख आतिथ्य र नेकपा एमाले मेलौली नगर कमिटि उपाध्यक्ष बिजय सिह नायकको बिशिष्ट आतिथ्यमा (मिसन ग्रास रुट) अभियान सम्पन्न भएको उनले बताए।
दुई महिनाको अवधिमा मेलौली नगरपालीका भित्रका नौ ओटौ वडामा पाटि सुदृढिकरण, सदस्यता नबिकरण र पाटि बिस्तार गरिएको जनाईएको छ। पार्टीको आधारभूत तहबाटै संगठन सुधार गर्न मिसन ग्रास रुट अभियान सञ्चालन गरिएको राष्ट्रिय युवा संघ नेपालका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य क्षेत्रिले बताए।
पार्टीको संगठन बलियो नभए पार्टी बलियो हुन नसक्ने भएकाले एमालेले गरेका राम्रा कामवारे जनतालाई जानकारी दिँदै जरैदेखि संगठन सुधार अभियान सञ्चालन गरिएको उनले बताए। नेकपा एमाले मेलौलीले मेलौली नगरपालीकामा प्रतिपक्षमा भुमिका खेल्ने खेल्ने समेत बताए।
जनताका रोकिएका कामलाई अगाढी बढाउने, बिकास निमार्णका कार्यमा अग्रसर हुने, आवाज बिहिनहरुको आवाज उठाउने र मेलौली नगरपालीकालाई बेला बेलामा खबरदारि गरेर सम्बृद्ध र सुखि मेलौली बनाउन अहम भुमिका खेल्ने मिसन ग्रास रुट अभियानबाट निणर्य भएको बताईएको छ।