जंजीर
अथक अथक दौडिरहे, जीवनरुपी यो बाटोमा,
आदि–अन्त छैन केहि, धस्सिदै छु यो माटोमा,
बिशाल छ यो द्वन्द हे, बिरोध यहाँ आफ्नै छ ।
आकाश स्वच्छ छ तर, यो मन मेरो दरिद्र छ ।।
फेरियो दिन–फेरियो रंग,आयो हे नयाँ ऋतु,
उडौं हे दैव कसरी,आफैंमा जो म कैद छु,
अमृतको यो वर्षाले, मन मेरो पखालेन ।
पखेटा यी बेकामका,हावालाई चिर्न जानेन ।।
स्राप मेरो यो आफैलाई,दोष कसैको छैन,
स्राप मेरो यो आफैलाई,दोष कसैको छैन,
क्रान्ति यहाँ व्यर्थै छ, स्वतन्त्र जो म छैन ।
क्रान्ति यहाँ व्यर्थै छ, स्वतन्त्र जो म छैन ।।
योगेश खत्री