सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौट स्थगित

बैतडी- १६ वर्षमुनीको सुदूरपश्चिम  प्रदेशस्तरीय क्रिकेट छनौट प्रतियोगिता स्थगित भएको छ ।  मंगलबारदेखि अछाममा हुने तय भएको छनौट प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले बताउनुभयो ।

बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि पीडित पक्षले अछाममा सडक बन्द गरिएको छ । सडक बन्द गरिएपछि प्रतियोगिता पनि स्थगित गर्नुभएको सचिव भट्टको भनाई छ । उहाँले भन्नुभयो,“ प्रतियोगिताको सबै तयारी पुरा भएको थियो, सडक बन्द भएपनि खेलाडी पुग्न समस्या हुने भएपनि हाललाई स्थगित गरेका हौं, सडक सञ्चालन भएपछि प्रतियोगिता सञ्चालनको लागि अर्को सूचना जारी गर्छौ ।”

प्रतियोगितामा प्रदेशका ८ जिल्लाका टोलीको सहभागिता रहनेछ । उक्त छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेश टोली घोषणा गरिने र उक्त टोलीले  राष्ट्रियस्तरीय छनौट प्रतियोगिता खेल्नेछ ।

नेपाल क्रिकेट संघले मलेशियामा हुने १६ वर्षमुनीको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला र प्रदेश छनौट गर्न निर्देशन दिएको हो  ।

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेशियामा हुनेछ । सोहि प्रतियोगितामा नेपाल पनि सहभागि हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.