बैतडी -मेलौली नगरपालिकामा बुधबार बाट निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
बैतडी समाज धनगढी कैलाली,मेलौली नगरपालिका बैतडी,नेत्रालय प्रा.ली धनगढी र च्याटरी हेल्थ फाउन्डेशनको संयुक्त आयोजना मेलौली नगरपालिकामा मोतियाबिन्दु,जलविन्दु, आँखामा मासु पलाएको बैशाख ८,९,१० गते निःशुल्क शिविर संचालन हुने मेलौली नगरपालिका बैतडीका स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले बताउनुभयो ।
निःशुल्क स्वास्थ्य शिविरमा सहभागि भई आफनो आँखाको उपचार गराउन पालिकाबासी सम्पुुर्ण नागरिकलाई आग्रह गरिएको छ।बुधबार विहान ८ बजेबाट सुरु भई बेलुका ५ बजेसम्म शिविर सञ्चालनमा रहने नगरपालिकाले जनाएको छ
यस्तै मेलौली नगरपालिका बैतडी र धनगढी समाज कैलालीको आयोजनामा सञ्चालन हुने स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नसा रोग चिकित्सा,प्रसुती तथा स्त्री रोग,बालरोग, दन्त रोग,छाला तथा यौन कुष्ठ रोग रोगको उपचार हुने स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले जानकारी दिनुभएको छ ।छिमेकी पालिका शिवनाथ र पञ्चेश्वर बाट पनि शिविरमा स्वास्थ्य परिक्षण लागि विरामी आउन सक्ने अनुमान गरिएको छ ।