बैतडी-मेलौलीमा स्वास्थ्य शिबिर सञ्चालन अवधिभर मदिरा बिक्रि बितरण गर्न नपाईने भएको छ। नगरपालीकाले बिहीबार एक सुचना जारी गर्दै भोलीबाट सञ्चालन हुन गईरहेको बृहत स्वास्थ्य शिबिर सञ्चालन अवधिभर मदिरा बिक्रि बितरण तथा सेवनमा रोक लगाएको हो।
शिबिर सञ्चालन अवधिबर लामालेकदेखि मर्छले बजारसम्म मदिरा बिक्रि बितरण तथा सेवन नगर्न नगर–प्रमुख भिम बहादुर चन्दद्धारा हस्ताक्षरित सुचना मार्फत भनिएको छ। यदि नगरपालीकाको सुचना नमानि मदिरा बिक्रि बितरण तथा सेवन गरेको पाईएमा प्रचलित कानुन बमोजिक कारबाहि गरिने जनाईएको छ।
नगर–प्रमुख चन्दले मेलौली नगरबासि सबैलाई शिबिर सम्पन्न गर्नका आ–आफ्नो तवरबाट सहयोग गरिदिन आग्रह गरेका छन। बैतडी समाज धनगढी कैलाली, मेलौली नगरपालिका, नेत्रालय प्राली धनगढी र च्याटरी हेल्थ फाउन्डेशनको संयुक्त आयोजनामा तिनदिन निशुल्क बृहत स्वास्थ्य शिबिर सञ्चालन हुदै छ।
शिबिरमा मोतिबिन्दु, जलविन्दु, आँखामा मासु पलाएको समस्याको पनि उपचार हुने मेलौली नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले बताए। निःशुल्क स्वास्थ्य शिविरमा सहभागि भई आफनो आँखाको उपचार गराउन पालिकाबासी सम्पुुर्ण नागरिकलाई पालिकाले आग्रह गरेको छ।
यस्तै स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नसा रोग, प्रसुती तथा स्त्री रोग, बालरोग, दन्त रोग, छाला तथा यौन कुष्ठ रोगको उपचार हुने स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिए। शिबिरमा छिमेकी पालिका शिवनाथ, पञ्चेश्वर गाउपालिकासगै छिमेकि जिल्ला डडेल्धुराको अजयमेरु र भागेश्वर गाउपालिकाबाट पनि स्वास्थ्य परिक्षण लागि विरामी आउन सक्ने अनुमान गरिएको छ।