बैतडी–मेलौलीमा सञ्चालन निःशुल्क बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ। बैतडी समाज धनगढी कैलाली, मेलौली नगरपालिका, नेत्रालय प्राली धनगढी र च्याटरी हेल्थ फाउन्डेशनको संयुक्त आयोजनामा सञ्चालन भएको तिनदिने निशुल्क स्वास्थ्य शिबिर आईतबार सम्पन्न भएको हो।
यहि बैसाख ८ गतेबाट तिनदिन सञ्चालन भएको शिबिरमा ४५ सय जनाले सेवा लिएको स्वास्थ्य शिबिर संयोजक गजेन्द्र बिर चन्दले बताए। मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र मणिलेक माबिको परिसरमा सञ्चालन भएको शिबिरमा ६५ प्रतिशत महिला र ३५ प्रतिशत पुरुषले सेवा लिएको जनाईएको छ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको आँखा शिविरमा सहभागी बिरामीहरूको आँखाको चेकजाँच गरी आवश्यकता अनुसार निःशुल्क शल्यक्रिया, चस्मा वितरण र औषधि वितरण समेत गरिएको छ।
यसैगरि स्वास्थ्य शिबिरमा ५१ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजक राज बहादुर चन्दले बताए। शिबिरमा मेलौली नगरपालीका, शिबनाथ गाउपालिका, पञ्चेश्वर गाउपालिका, पाटन नगरपालीका र दशरथचन्द नगरपालीकाका नागरिकहरुले सेवा लिएको आयोजक समितिले जनाएको छ।
बैतडी पुख्र्यौली घर भई हाल कैलालीमा बस्दै आएका व्यक्तिहरुको अगुवाइमा सामाजिक उत्तरदायित्व अन्तरगत शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए। स्थानिय स्तरमै बिशेषज्ञ टोलिद्धारा सेवा पाउदा यहाका नागरिक खुसि भएका छन। टाढा टाढा जान खर्च बढि लाग्ने समस्या आफ्नै ठाउमा आएर निःशुल्क रुपमा पाउदा आयोजकलाई नागरिकहरुले धन्यबाद दिएका छन।
आउदा दिनहरुमा पनि यसरि नै जनतालाई अझ सेवा दिन यहाका नागरिकहरुले आग्रह गरेका छन। शिबिर उद्घाटन गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि कमल बाहादुर शाह पनि मेलौली आएका थिए। शिबिर सञ्चालन गर्ने आयोजकलाई धन्यबाद दिदै मुख्यमन्त्रि शाहले यहाका हरेक समस्यालाई प्रदेश सरकारबाट समाधा गर्ने प्रतिबद्धता जनाएका थिए।
मेलौलीको मुख्य र ठुलो रुपमा रहेको खानेपानिको समस्यालाई एक बर्षभित्रमा समाधान गर्ने समेत मुख्यमन्त्रि शाहाले घोषणा गरेका थिए। उद्घाटन कार्यक्रममा मुख्यमन्त्रि शाहसगै प्रदेश सभा क्षेत्र नं २ का प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाका प्रदेशसभा सदस्य विक्रमसिंह धामी लगायतको उपस्थिती रहेको थियो। बैतडीको तल्लोसोराड क्षेत्रका नागरिकको बिशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष भट्टले बताए।
बृहत् स्वास्थ्य शिविरमा नेत्र रोग विशेषज्ञ डा. विद्या प्रसाद पन्त र डा. ओम प्रकाश पन्त, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. नर बहादुर मौनी र डा. ज्ञानेन्द्र जोशी, जनरल फिजिसियन डा. चेतराज भट्ट, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रवीन्द्र देव भट्ट र नर्सिङ डाइरेक्टर मञ्जु केसी, युरो सर्जन डा. जोनेश तिवारी, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. जीवन बानियाँ, बाल रोग विशेषज्ञ डा. सुमन नेपाल, दन्त रोग विशेषज्ञ डा. सन्तोष पाण्डेय र डा. सङ्गीता पाण्डेय, मानसिक, मनोरोग तथा नशा रोग विशेषज्ञ डा. साजन खड्का, मनोविज्ञान परामर्शदाता डा. सुशील चटौत लगायतका चिकित्सकहरुको टोलीले सेवा प्रदान गरेको शिविरका संयोजक चन्दले बताए।