मेलौली नगरपालीका–०७ मा टि–१० क्रिकेट प्रतियोगिता सम्पन्न

बैतडी-मेलोली नगरपालिका–७ गाउँकोटमा टि–१० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। नयाँ बर्ष २०८० को अवशरमा श्री उदयदेव युवा कलवको आयोजनामा सञ्चालन भएको वडा स्तरिय टि–१० क्रिकेट प्रतियोगीता सम्मन्न भएको खेल संयोजक करबिर चन्दले बताए।

भरतपुर माध्यमिक विद्यालय गाउँकोटको खेल मैदानमा बैशाख ९ गते शुक्रबारदेखी सञ्चालन भएको प्रतियोगिता आईतबार सम्पन्न भएको आयोजक उदयदेब युवा क्लवका उपाध्यक्ष विरेन्द्र बहादुर चन्दले जानकरी बताए। प्रतियोगितामा तिन टिमको सहभागिता रहेको थियो।

प्रतियोगितामा प्रथम आयोजक गाउँकोट सुपर किङ्ग भएको छ। प्रथम भएको आयोजक गाउँकोट सुपर किङ्गले तिन हजार रुपैया सहित प्रमाणपत्र प्राप्त गरेको छ। यसैगरि पचकोराको टिमले २ हजार र प्रमाणपत्र प्राप्त गर्दै दोस्रो स्थानमा चित्त बुझाएको छ।

प्रतियोगितामा १६ बर्ष भन्दा मुनिका खेलाडीहरुले सहभागीता रहेको थियो। प्रतियोगितामा पचकोरा टिमका राम पार्कि अनुशासित खेलाडि छनोट भएका छन। खेलकै बेस्ट ब्याटस्म्यान गाउँकोट सुपर किङ्ग टिमका आशिक बहादुर चन्द, खेलकै बेस्ट बलर गाउँकोट सुपर किङ्ग टिमका सन्देश ओझा भएको जनाईएको छ। उत्कृष्ट खेलाडिहरुलाई पनि प्रमाणपत्रका साथ सम्मान गरिएको जनाईएको छ।

वडा भित्रका खेलाडिहरुको पहिचान गर्न प्रतियोगिता सञ्चालन गरिएको आयोजक उदयदेब युवा क्लवका उपाध्यक्ष चन्दले बताए।

Leave A Reply

Your email address will not be published.