बैतडी-मेलौली नगरपालीकाले आधारभुत तह (कक्षा ८) को पुनर्योग नतिजा प्रकाशित गरेको छ। परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीहरूको पुनर्योगको नतिजा आईतबार नगरपालीकाले प्रकाशित गरेको हो।
चैत ६ गतेबाट सञ्चालन गरिएको वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीहरूको नगरपालीकाले पुनर्योग नतिजा प्रकाशित गरेको प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशिद्धारा हस्ताक्षरित सुचना मार्फत जानकारी गरिएको छ।
पुनर्योगका लागि ६ बिद्यालयका बिद्यार्थीहरुले निबेदन दिएका थिए। चन्द्रपुर आधारभुत बिद्यालयबाट ४ जना, धर्मघर माध्यमिक बिद्यालयबाट ७ जना, केदार आधारभुत बिद्यालयबाट १ जना, दुर्गा माध्यमिक बिद्यालयबाट ४ जना, कोटेश्वर आधारभुत बिद्यालयबाट ३ जना र मणिलेक माध्यमिक बिद्यालयबाट १२ जना बिद्यार्थीहरुले निबेदन दिएका थिए।
निबेदन दिएका कोटेश्वर आधारभुत बिद्याल, मणिलेक माध्यमिक बिद्यालय र चन्द्रपुर आधारभुत बिद्यालयका कुनैपनि बिद्यार्थीको नतिजा परिवर्तन नभएको जनाईएको छ। धर्मघर माध्यमिक बिद्यालयका १ जना, केदार आधारभुत बिद्यालयका १ जना र दुर्गा माध्यमिक बिद्यालयबाट निबेदन दिएका चारै जनाको नतिजा परिवर्तन भएको सुचना मार्फत जनाकारी गराइएको छ।
नतिजामा कुनै त्रुटि भएमा नगरपालिकाबाट सच्याईने समेत जनाईएको छ। नया ग्रेड लेजर बिद्यालयलाई उपलब्ध गराईने नगरपालीकाले सुचना मार्फत जनाएको छ।
नगरपालीकाद्धारा जारी गरिएको सुचना ।
