अजयमेरु गाउँपालिकाद्वारा प्रहरीलाई दुईवटा मोटरसाइकल सहयोग

डडेल्धुराको अजयमेरु गाउँपालिकाले २ वटा अस्थायी प्रहरी पोस्टलाई मोटरसाइकल हस्तान्तरण गरेको छ। अजयमेरु–२ र ४ मा प्रहरी सेवालाई थप प्रभावकारी बनाउनका लागि चमडा अस्थायी प्रहरी पोस्ट र चिपुर अस्थायी प्रहरी पोस्टलाई १र१ थान मोटरसाइकल हस्तान्तरण गरिएको हो।

गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले बुधबार एक कार्यक्रमका बीच मोटरसाइकलको चाबी हस्तान्तरण गरेका हुन्। शान्ति सुरक्षा कायम गर्नका लागि थप सहयोग पुर्‍याउने लक्ष्यका साथ मोटरसाइकल उपलब्ध गराइएको अध्यक्ष भट्टले बताए। प्राप्त भएको मोटरसाइलकले प्रहरी परिचालनमा सहयोग पुग्ने अपेक्षा लिइएको छ।

Leave A Reply

Your email address will not be published.