डडेल्धुरा-भागेश्वर गाउँपालिकामा योजना तर्जुमा प्रक्रिया सम्बन्धि कार्यशाला सम्पन्न भएको छ। बुधबार भागेश्वर गाउँपालिकाको आयोजना, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र सुशासनका लागि क्षमता विकास कार्यक्रमको प्राविधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो।
कार्यशालामा भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौत लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यशालामा योजना तर्जुमा गर्दा अपनाउनुपर्ने तरीका बिषयमा छलफल भएको भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए।
कार्यशालामा पशुपतिनाथ झा र पूर्णकला राईले प्रशिक्षण दिएका थिए। कार्यशाला गोष्ठीले आगामी बर्षको योजना तर्जुमामा सहयोग पुग्ने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए।