बैतडीमा बलात्कारको आरोपमा ७० बर्षीय वृद्ध पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ मा बस्ने एक वृद्ध बलात्कारको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख कमल चौधरीले बताए।
पक्राउ पर्ने र पिडीत १४ वर्षीया बालिकाको थर एउटै भएकाले नाम सार्वजनीक गर्ने नमिल्ने प्रहरीले जनाएको छ। फरक क्षमता अर्थात अपाङगता ९बोल्न नसक्ने ० भएकी १४ वर्षीया बालिका माथि पुष महिनामा बलात्कार भएको बुझीएको छ।
१४ वर्षीया बालिकालाई कसैलाई जानकारी गराए ज्यान मार्ने धम्की दिएकाले घरमा जानकारी नगराएको पिडीतले बताएको छ। फुपुको घरमा गएर फुपुलाई भएपछि घटना बाहिरीएको हो। घटना बहिरीए पछी पिडीत परिवारलाई आर्थिक लोपमा पार्न प्रयास भएको स्थानीयले बताए।
घटनापछि किशोरीलाई सुधपुक्ष गर्दा उनले ती वृद्ध तिर संकेत गरेकी थिईन्। आमाले दिएको जाहेरी दरखास्त अनुसार पक्राउ गरी वृद्धलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखीएको छ।
बालिका बलात्कारमा परेको जाहेरी आएको छ, इलाका प्रहरी कार्यालय पाटनका प्रमुख चौधरीले भने, मुद्दा दर्ताको प्रक्रियामा छ। उनले बालिका र आरोपितको मेडिकल भइसकेको छ। बालिकाको पेटमा तीन महिनाको गर्भ रहेको समेत आशंका गरिएको छ।