बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै – बाजुरा केन्द्रबिन्दु भएर गएराति ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति साढे १ बजे ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का बाजुरासहित आसपासका विभिन्न जिल्लामा महसुस गरिएको थियो । बाजुरा केन्द्रबिन्दु भएर त्यसअघि हिजो नै ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Leave A Reply

Your email address will not be published.