बैतडी-मेलौलीमा एकजनाले आफुले पहिलो चोटि पाएको सामाजिक सुरुक्षा भत्ताले सार्बजनिक ठाउमा खानेपानि धारा निमार्ण गरेका छन। मेलौली नगरपालीका–०७ काणाँ लोडतिम्लाका मदन दत्त भट्टले आफुले पाएको पहिलो सामाजिक सुरक्षा भत्ताले खानेपानि धारा निमार्ण गरेका हुन।
आफ्नै स्वःआमा जुनकिडि भट्टले मेलौली नगरपालीका–०७ पथ्थरखानिमा रोपेको पिपलको रुख नजिकै रहेको चौतारोमा खानेपानिको धारा निमार्ण गरेका हुन। नेपाल सरकारबाट आफुले पाएको पहिलो सामाजिक सुरक्षा भत्ता बाफतको २० हजार र करिब ५ हजार आफ्नो ब्यक्तिगत लगानिमा पिपल पथ्थरखानि चौताराको छेउमा एउटा खानेपानिको धारा निमार्ण गरेको उनले बताए।
करिब साढे तिन सय मिटरको दुरिबाट खानेपानि पाईप मार्फत ल्याई धारा निमार्ण गरेका हुन। सोहि बाटो भएर आवात जावत गर्ने ब्यक्तिहरुको लागि खानेपानि धारा निमार्ण गरेको उनले बताए। स्वःआमाले लगाएको पिपलको रुख सगैको चौतारोमा खानेपानिको अभाव भएकाले धारा निमार्ण गरेको उनले जानकारी दिए।
पानि नभएको चौतारोमा पानिको धारा निमार्ण गरिएसगै आवात जावत गर्नेहरुलाई पानि पिउनका लागि सहज भएको छ। यो माहान कार्यका लागि खानेपानि धारा निमार्णकर्तालाई सबैले धन्यबाद ज्ञापन गरेका छन।