बैतडीमा दुम्सीका लागि थापेको पासोमा पर्‍यो चितुवा

बैतडी-दुम्सीका लागि थापेको पासोमा चितुवा परेको छ। जिल्लाको सिगास गाउँपालिका ९ भौतीका स्थानीयले आलु बारीमा दुम्सीका लागि थापेको पासोमा चितुवा परेको वडाअध्यक्ष कृष्ण सिह धामीले जानकारी दिए।

गएराती चितुवा पासोमा परेको बताइएको छ। प्रहरी र डिभिजन बन कार्यालय बैतडीलाई खबर गरीसकेको उनले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्वार टोली आइसकेपछि उद्वार कार्य हुने डिभिजन बन कार्यालय बैतडीका साहयक बन अधिकृत दिलिप यादवले बताए।

‘पासोमा परेको चितुवाको उद्वारका लागि निकुञ्जबाट टोली हिडीसकेको छ’ उनले भने ‘त्यसपछि मात्रै चितुवा उद्वार हुन्छ।’ स्थानीयहरु चितुवाको नजिक नजान आग्रह गरिएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.