बैतडी-मेलौलीको कोल्तडीमा आगलाली हुदा थुप्रै खर पराल जलेर नष्ट भएका छन। मेलौली नगरपालीका–०९ कोल्तडीमा शनिबार दिउसो आगलाली हुदा थुप्रै खरका थुप्रा र केहि परालका कुनिउ जलेर नष्ट भएको बिशालपुर माबिका शिक्षक मान बहादुर चन्दले बताए।
स्थानिय पदम राम दमाई र हिरा चन्दको घर छेउमा आगलाली हुदा घरको केहि भाग छानो, ६ थुप्रा खर, मल खादको थुप्रो, पराल र केहि दाउरा जलेर नष्ट भएको शिक्षक चन्दले बताए। दिउसो करिब ३ बजेतिर एक्कासि आगलागि भएको उनले बताए।
दिउसोको समयमा तिब्र बेगको हावा चल्दा आगलागिले भयानक रुप लिएको उनले बताए। बाक्लो बस्ति रहेको कोल्तडीमा करिब २ सय जना स्थानियहरुको सहयोगमा तिन घण्टापछि आगो नियन्त्रणमा लिन सकिएको जनाईएको छ।
नजिकै रहेको नदिबाट पानि बोकेर ल्याई आगो नियन्त्रणमा लिईएको हो। आगलागि के कसरि भयो भन्ने बारेमा खुल्न सकेको छैन। आगलागिबाट मानबिय क्षति भने भएको छैन। भए भरको खर र पराल जलेर नष्ट भएपछि बस्तुभाउलाई के खुवाउने भनेर चिन्ता बढेको बताईएको छ।