भागेश्वर गाउँपालिका कृषि प्रणालीलाई व्यवसायिक रुपमा विकास गर्दै

डडेल्धुरा-भागेश्वर गाउँपालिका कृषि प्रणालीलाई व्यवसायिक रुपमा विकास गर्दै आईरहेको छ। विद्यमान वेरोजगारी समस्याको समाधानको लागी कृषि प्रणालीलाई व्यवसायिक रुपमा विकास गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतिले बताए।

गाउँपालिकाको कृषि उपज उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक रुपमा विकास गर्नेगरि कार्यहरु अगाढि बढाईरहेको हो। कृषकमा प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै कृषि क्रियाकलापमा नविनतम् प्रविधी, श्रम, पुजी, अवसरको समुचित प्रयोग गरी वढी भन्दा वढी उत्पादनलिई आर्थिक उन्नतीको लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको हो।

कृषक समुहहरुलाई खनजोत गर्नको लागी मिनि टिलर १० वटा समुहलाई, धान गहु थ्रेसिङ गर्न मदतको लागी प्याडी थ्रेसर र धान गहु वताउने पंखा अनुदानमा वितरण गर्दै आईरहेको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतिले बताए। कृषि कार्यमा श्रमशक्ती र समयको उचित प्रयोग गरी छिटो छरितो समावेशिरुपमा नविनतम् प्रविधिको प्रयोगगरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नको लागी गाउँपालिकाले यो कदम चालेको उनले बताए।

कृषि उत्पादनमा हुने ह्रास न्युनिकरण गर्नको लागी गाउँपालिकाले रसायनिक मल तथा विषादीको प्रयोगलाई न्युनिकरण गर्न पहल चालेको छ। बिभिन्न ल्युर प्रयोग भएका पासा, जैविक विषादी, झोलमलको प्रयोग, मल तथा माटो गुणस्तर सुधारका लागी भकारो सुधार कार्यक्रम संचालन गरी मानव जिवनको सुरक्षाको साथै माटोको गुणस्तर सुधार गर्ने कार्य गर्दै आईरहेको जनाइएको छ।

हावापानी र बजार सम्भावनाको आधारमा गाउँपालिकाले विभिन्न किसिमका व्यवसायिक बगैचा स्थापना गरेको छ। पुराना बगैचा सुदृढिकरण, फलफुल नर्सरी सुदृढिकरण, नर्सरी धनिको क्षमता विकास कार्यक्रम संचालन गरी कृषकलाई फलपूल खेती तर्फ अग्रसर गराई भविष्यको आय स्रोत निर्माणमा सहयोग तथा अनुदान दिदै आईरहेको जनाइएको छ।

कृषकहरुलाई निर्वाहमुखी कृषि प्रणालीलाई प्रतिष्पर्धात्मक र व्यवसायिक वनाउनको लागी गाउँपालिकाले विउ विजन,कृषि सामग्री, सिचाई पुर्वाधारमा अनुदान सहयोग गरी विभिन्न वाली वस्तुको पकेट स्थापना गरी संचालन गर्दै आइरहेको भागेश्वर गाउपालिकाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.