कञ्चनपुरमा रुखमा झुण्डिएको अवस्थामा मानव कंकाल फेला 

कञ्चनपुर –कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा रुखमा झुण्डिएको अवस्थामा मानव कंकाल भेटिएको छ । कालिका सामुदायिक वनमा आइतबार कंकाल भेटिएको प्रहरीले जनाएको छ ।

कंकाल धेरै पुरानो भएकाले पहिचान गर्न समस्या भएको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए । घटनास्थल नजिक चप्पल र टोपी भेटिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.