दार्चुलामा हिमपहिरो, केही व्यक्ति पुरिएको शङ्कामा खोजी सुरु

काठमाण्डौ – दार्चुलामा आज मङ्गलवार दिउँसो हिमपहिरो गएको छ । व्यास गाउँपालिका वडा नम्बर १ छाङ्गरुको भोलिनमा हिमपहिरो गएको र केही व्यक्ति पुरिएको शङ्काको आधारमा खोजी कार्य सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले उज्यालोलाई जानकारी दिनुभयो ।

भोलिनमा सातरआठ जना व्यक्ति यार्सागुम्बा टिप्न गएको र टेन्टमा बसेको खबर प्राप्त भएको तर उनीहरू हिमपहिरोमा परेरनपरेको यकिन नभएको उहाँले बताउनुभयो । व्यास–१ मै रहेको सशस्त्र प्रहरी चौकीबाट २५ जनाको टोली घटनास्थलतर्फ गएको उनीहरू पुगेपछि बेलुका क्षतिबारे थाहा हुने पनि धामीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.