सुरक्षित नागरिक आवासको लागि निबेदन संकलन गर्न मेलौली नगरपालीकाको आग्रह

बैतडी-मेलौली नगरपालीकाले सुरक्षित नागरिक आवास कार्यक्रमको लागि निबेदन दिन आग्रह गरेको छ। आईतबार सबै वडाहरुलाई एक सुचना जारी गर्दै सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन गर्न लाभग्राही संकलन छनोटका लागि निबेदन दिन आग्रह गरेको हो।

नगरपालीकाको संघिय सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम अन्तरगत चालु आर्थिक बर्ष २०७९/०८० मा कार्यान्वयन हुने कार्यक्रमको लागि निबेदन दिन आग्रह गरिएको हो। सुचना प्रकाशित भएको १० दिनभित्र लाभग्राही छनोट गर्न प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशिद्धारा जारी गरिएको सुचना मार्फत आग्रह गरिएको हो।

वडा नम्बर एक बाट ११ जना, दुईबाट ११ जना, तिनबाट ९ जना, चारबाट ८ जना, पाचबाट ९ जना, छ बाट ८ जना, सातबाट ११ जना, आठबाट ८ जना, र नौ बाट ८ जना लाभग्रहीलाई छनोट गरि पठाउन वडाहरुलाई आग्रह गरिएको छ।

नगरपालीकाद्धारा जारी गरिएको सुचना ।

Leave A Reply

Your email address will not be published.