बैतडीको पञ्चेश्वरमा पोषणमैत्री स्थानीय तह घोषणा सम्बन्धि अभिमुखीकरण सम्पन्न

बैतडी-पञ्चेश्वरगाउँपालिकामा पालिकास्तरीय पोषणमैत्री स्थानीय शासन अभिमुखिकरण सम्पन्न भएको छ। मंगलबार गाउँपालिकाको कार्यालयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

आधारभूत पोषण, बहुक्षेत्रीय पोषण योजना, पोषणको अवस्था, अवधारणा र सुधारका प्रयासबारे छलफल भएको जनाईएको छ। पोषणमैत्री स्थानीय शासनको अवधारणा, रणनीति र पोषणमैत्री स्थानीय तह घोषणाको चरणहरू, पोषणमैत्री स्थानीय तह घोषणाका सूचकहरु, पोषणमैत्री स्थानीय तह घोषणामा स्थानीय तहको भूमिकाको बारेका जानकारी गराइएको छ।

कार्यक्रममा बहुक्षेत्रीय पोषण योजनाको अवधारणा तथा यसमा विषयगत क्षेत्रको भुमिका र सूचक तथा सूचक प्राप्तिका लागि सञ्चालन गर्नु पर्ने क्रियाकलाप हरुको जानकारी गराउने उद्येश्यले अभिमुखिकरण सञ्चालन गरिएको पोषण सहजकर्ता नारायण चौडालाले बताए।

कार्यक्रममा पञ्चेश्वर गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा पालिका उपाध्यक्ष बिना भट्ट, नि.प्रमुख प्रशासकीय अधिकृत माहामल सिँह घटाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र विषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक ज्ञानेन्द्र दवाडी र प्रशिक्षक हेमन्त शाही गर्नु भएको थियो।

यस अभिमुखिकरण कार्यक्रमको मुख्य उद्येश्य; पोषण तथा यसका विभिन्न आयाम, यस सम्बन्धमा भएका विभिन्न नीयम तथा कार्यक्रयमको बारेमा जानकारी गराउने रहेको जनाईएको छ। बहुक्षेत्रीय पोषण योजनाको अवधारणा तथा यसमा विषयगत क्षेत्रको भुमिका र सूचक, कायक्रयम सम्बन्धमा जानकारी गराउने बतार्ईएको छ।

यसैगरि पोषणमैत्री स्थानीय शासनको अवधारणा र विषयगत क्षेत्रका सूचक तथा सूचक प्राप्तिका लागि सञ्चालन गर्नपर्ने कामको बारेमा जानकारी गराउने तथा हालको सूचकको अवस्था तयार गरी सोही आधारमा वडा र टोल छनौट गर्ने उद्येश्यका साथ संचालित यस कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रम समापनको अवसरमा पोषण मैत्री स्थानीय शासन प्रबर्द्धनका लागि पञ्चेश्वर गाउँपालिका जिम्मेवाररही विविध कृयाकलापहरु संचालन गर्ने प्रतिवद्धता सहित कार्यक्रमका सभाध्यक्ष गोरख बहादुर चन्दले कार्यक्रम समापन गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.