बैतडीको पुर्चौडी नगरपालिकाले पायो ‘हाकिम’, भट्ट हाजिर भए

बैतडी -बैतडीको पुर्चौडी नगरपालिकाले तीन महिनापछि हाकिम पाएको छ । तीन महिना देखि हाकिम विहिन रहेको पुर्चौैडीले बुधबारबाट हाकिम पाएको हो। पुर्चौडी नगरपालिकामा अहिले भानुभक्त भट्ट प्रमुख प्रशाकसीय अधिकृतको रुपमा हाजिर भएका छन् ।

भट्टलाई संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले बैशाख ८ गते पुर्चौडी सरुवा गरेको थियो । यसअघि रक्षा मन्त्रालयमा कार्यरत भट्ट आज कार्यालयमा हाजिर भएका नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बमले जानकारी दिए । लामो समय देखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएकोमा अब कामकाज गर्न सजिलो भएको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत हाजिर भएसंगै रोकिएका आर्थिक कारोबार लगायतका अन्य कामकारबाही सुरु भएका नगरप्रमुख बमले बताए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षाभत्ता, कर्मचारीको तलब लगायतका सबै भुक्तानीहरु रोकिएकोमा अब सहज हुने नगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.