बैतडी- बैतडीको पाटन नगरपालिका वडा नं ९ को कार्यालयमा आक्रमणको प्रयास भएको छ । गएराती अज्ञात समुहले वडा अध्यक्षको कार्यकक्षको ताला भाच्ने प्रयास गरेका हुन् भने कार्यालयबाहिरका केहि सामाग्रीमा क्षती पुगाएको पाइएको छ ।
वडा अध्यक्षको कार्यकक्षको ताला भाच्ने प्रयास भएको र कार्यालय बहिर रहेको झण्डा राख्ने पाइप तोडेको वडा सचिव रामदत्त जोशीले जानकारी दिए । ‘झण्डा राख्ने पाइप पुरै बंग्याइएको छ, वडा अध्यक्षको कार्यकक्षको तालामा ढुंगाले हिर्काएको प्रष्ट देखिएको छ,’ सचिव जोशीले भने ।
घटनाबारे अनुसन्धान भइरहेको खोडपे प्रहरी चौकीले जनाएको छ ।