बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य

बैतडी- जिल्लामा बालबालिकालाई विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको छ। पाँचवर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो।

जिल्ला खोप समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार नै विद्यालयमा बालबालिकालाई भर्ना खोप कार्ड अनिवार्य गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकाले खोप लगाएरनलाएको जानकारी हुने भएकाले विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गर्न विद्यालयलाई आग्रह गरिएको छ। ‘खोप ऐन २०७२ मा विद्यालय भर्ना गर्न अनिवार्य खोप लगाएको हुनुपर्ने भनिएको छ’, उनले भने, ‘सोहीअनुसार जिल्ला खोप समन्वय समितिको बैठकले पनि गरेको निर्णय हो।’

बालबालिका भर्ना हुँदा अनिवार्य खोप कार्ड हुनुपर्ने निर्णयअनुसार शिक्षा विकास तथा समन्वय इकाईले प्रत्येक पालिकाका शिक्षा शाखालाई परिपत्र र पालिकाको शिक्षा शाखाकाले पालिकाभित्रका हरेका विद्यालयलाई पत्राचार गरेको भट्टको भनाइ छ।

राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुलाई विभिन्न रोगविरुद्ध निःशुल्क खोप दिने गरेको छ। बालबालिकालाई विभिन्न १३ प्रकारका खोप दिइने गरिन्छ।
हाल जिल्लामा विद्यार्थी भर्ना अभियान सञ्चालनमा छ। विद्यार्थी भर्ना अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुस्करराज शर्माले जानकारी दिए।

बैतडीमा ५ ६२ विद्यालयहरु रहेका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।

Leave A Reply

Your email address will not be published.