बैतडी-मेलौलीमा आधारभुत तह (कक्षा ८) को ग्रेडबृद्धि परिक्षाका लागि परिक्षा केन्द्र निर्धारण गरिएको छ। बुधबार मेलौली नगरपालीको आधारभुत तह परिक्षा सञ्चालन तथा ब्यवस्थापन समितिको निणर्य अनुसार ग्रेडबृद्धि परिक्षाका लागि परिक्षा केन्द्र निर्धारण गरेको हो।
यहि बैसाख २७ गतेबाट ३० गतेसम्म सञ्चालन हुने ग्रेडबृद्धि परिक्षाका लागि मेलौली नगरपालीकाले दुई ठाउमा परिक्षा केन्द्र निर्धारण गरेको प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशिले बताए।
शितलपुर माबि, जनचेतना आबि, बिजयपुर आबि, दुर्गा माबि, जगदम्वा माबि, चन्द्रपुर आबि, मणिलेक माबि, भरतपुर माबि, शारदा माबि, कमलपुर माबि, गंगेश्वर आबि, बिशालपुर माबि र शिब आधारभुत बिद्यालयको परिक्षा केन्द्र मणिलेक माबि मेलौली नगरपालीका–०७ काणालाई तोकिएको जनाईएको छ।
यसैगरि दुर्गा आबि, धर्मघर माबि, केदारेश्वर माबि, सुर्दशन माबि, प्रितिपुर माबि, केदार आबि कुजागाड, कोटेश्वर आबि र शान्ति प्रकाश आधारभुत बिद्यालयको परिक्षा केन्द्र धर्मघर माबि मेलौली नगरपालीका–०२ सलेनालाई तोकिएको छ।
कक्षा ०८ को बार्षिक परिक्षाको नतिजामा बढिमा दुई बिषयमा तोकिएको न्यूनतम ग्रेड प्राप्त गर्न नसकेका वा दुई बिषयमा अनुपस्थित देखिएका परिक्षार्थी ग्रेडबृद्धि परिक्षामा सहभागि हुन पाउने छन।
२७ गते पहिलो दिन गणित बिषयको परिक्षा रहेको छ। दोस्रो दिन बिज्ञान तथा वातवरण शिक्षा, तेस्रो दिन नेपाली, समाजिक अध्ययन तथा जनसख्या शिक्षा र बैसाख ३० गते शनिबारको दिन अंग्रेजि, कम्प्युटर, पेशा,व्यवसाय तथा प्रबिधि बिषयमो परिक्षा हुने जनाईएको छ।
परिक्षा हरेक दिन बिहान ११ बजेबाट सञ्चालन हुने प्रमुख प्रशासकिय अधिकृत जोशिले बताए।
नगरपालीकाले ग्रेडबृद्धि परिक्षा सम्बन्धि जारी गरेका सुचनाहरु!

