उग्रतारा–मेलौली सडकखण्डको नौंघर देखि मन्दिर गेटसम्मको सडक फराकिलो बनाईदै

बैतडी-उग्रतारा–मेलौली सडक खण्डको जिरो पोईन्ट नौंघर चौराही देखि मेलौली भगवति मन्दिर गेटसम्मको सडक फराकिलो बनाईने भएको छ। मेलौली नगरपालिका–०१ अन्तरगंत पर्ने जिरो पोईन्ट नौंघर चौराही देखि मेलौली भगवति मन्दिर गेटसम्मको सडक फराकिलो बनाईने वडा अध्यक्ष शरद सिह नेगिले बताए।

मेलौली नगरपालिकाको यस आर्थिक बर्षमा सञ्चालित मेलौली भगवती मन्दिर फोहरमैला व्यवस्थापनको सडक सुधार अन्तरगंत सडक सुधार र फराकिलो बनाईने भएको वडा अध्यक्ष नेगिले बताए।

सडक फराकिलो तथा सुधार गर्नुपर्ने बाटो छेउछाउका जग्गाधनिहरुले आफ्नो जमिनभित्र पर्ने सडकको बिच पोईन्टबाट ३ मिटर दाया र ३ मिटर बायाका आफ्ना स्थायी तथा अस्थायी संरचनाहरु व्यवस्थापन गर्न वडाले निर्देश गरेको छ। सुचना प्रकाशित भएको ३ दिनभित्रमा स्थायी तथा अस्थायी संरचनाहरु व्यवस्थापन गर्न निर्देशन दिईएको सुचना मार्फत जानकारी गरिएको छ।

मन्दिरको बाटोमा ढल निकास तथा सडक स्तरोन्नति कार्यमा सहयोग गरिदिन सम्पूर्ण वडाबासिमा वडाले आग्रह गरेको छ।

मेलौली नगरपालिका–०१ द्धारा जारी गरिएको सुचना ।

Leave A Reply

Your email address will not be published.