डडेल्धुरा–जिल्ला प्रहरी कार्यालय डडेल्धुराले समाजमा हुने बिभिन्न अपराधिक गतिविधि न्युनीकरणका लागि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्र्तगत जिप्रका डडेल्धुराले बिहीवार जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो।
अमरगढी नगरपालिका–२ मौरडास्थित बैजनाथ माद्यमिक बिद्यालय मौरडामा लागु औषध दुव्र्यसन रोकथाम तथा न्युनिकरण, समाजमा हुने गरेका बिभिन्न अपराधिक गतिविधि के–कसरी न्युनिकरण गर्न सकिन्छ र बिद्यार्थीको समाजमा अपराध न्युनिकरणमा कस्तो भुमिका हुन्छ, भन्ने बारेमा अन्तकृया गरिएको बिद्यालयका प्रधानाध्यापक मोहनसिंह धामीले बताए।
यस्तै बिहीवारै अमरगढी नगरपालिका–७ स्थित उग्रतारा माद्यमिक बिद्यालयमा पनि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। वर्तमान अवस्थामा समाजमा हुने गरेका बिभीन्न अपराधिक गतिविधिको बारेमा जानकारी गराई त्यसको न्युनिकरण र बिद्यालय स्तरमा यस्ता कार्यक्रम प्रभावकारी कसरी बनाउने भन्ने बारेमा छलफल गरिएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष खडक बोहराले बताए।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले समय समयमा यस्ता जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले बताए।