बैतडी-मेलौली नगरपालिका–०१ बासीले १५ शैयाको अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन पुनःमाग गरेका छन्। चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन भई टेण्डर समेत खोल्ने अक्तियारी पाएको नगरपालिकाले टेण्डर खोल्न ढिलाइ गरेको भन्दै अस्पताल निर्माण प्रक्रियामा ढिलाइ नगर्न माग गर्दै ज्ञापन पत्र पेश गरेका हुन्।
मेलौली नगरपालिका-०१ को बिठ्ठेनामा अस्पताल निर्माणको लागि जग्गा दान भई आवश्यक प्रक्रिया समेत अन्तिम चरणमा पुगेका बेला नगरपालिकाले टेण्डर खोल्न ढिलाइ गरेको ज्ञापन पत्रमा उल्लेख छ।
स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा नगरपालिकाले गम्भिरता पूर्वक चासो राख्न समेत माग गरिएको छ। मेलौली अस्पतालको विषयमा दुई ठाउँमा जग्गा उपलब्ध गराएपछि निर्माण प्रक्रियामा ठोस प्रगति हुन सकेको छैन। साविकको केशरपुर स्वास्थ्य केन्द आसपासमा समेत जग्गा दान भइसकेको छ।
केशरपुर स्वास्थ्य केन्द्रको स्तरवृद्धिको योजना रहेकाले केशरपुर स्वास्थ्य केन्द आसपासमै १५ शैयाको अस्पताल बन्नुपर्ने वडा नं ७ बासीको माग रहेको छ। सुरुमा वडा नं १ बासीले जग्गादान गरेका थिए। त्यसपछि वडा नं ७ बासीले समेत जग्गा दान गरेका थिए। दुबै क्षेत्रबाट जग्गा दान भइसकेको र दुबै क्षेत्रका स्थानीयहरुले आ-आफ्नै क्षेत्रमा अस्पताल बनाउन माग गरीरहेकाले हालसम्म अस्पताल निर्माण प्रक्रिया अघि बढेको छैन।
चालु आर्थिक वर्षको सुरुवातामा बिठ्ठेनामा अस्पतल निर्माणको लागि ठेक्का खोल्न भन्दै स्वास्थ्य मन्त्रालयबाट पत्र जारी भएको थियो। तर नगरपालिकाले टेण्डर खोलको छैन।
ध्यानाकर्षण पत्र

धन्वा की सलेना गए भन्थ्या मेरा बज्या रे यो निउज को लेखाई पनि उस्तै छ ।