बैतडी-शिबनाथ गाउपालिकाले अनुदानमा प्लाष्टिकको छानो बितरण गर्ने भएको छ। गाउपालिकाको कृर्षि शाखाको आर्थिक बर्ष २०७९/ ०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार व्यवसाहिक कृषकहरुलाई ९० प्रतिशत अनुदानमा प्लाष्टिकको छानो बितरण गर्ने भएको कृषि शाखा प्रमुख मान बहादुर चौधरिले बताए।
छानोको लागि व्यवसाहिक कृषकहरुले निबेदन र नागरिकताको फोटाकपि गाउपालिकाको कृर्षि बिकास शाखामा निबेदन दिनुपर्ने प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिह महताले बताए। एक पटक पहिला पोलिहाउस पाईसकेका ब्यक्तिहरुको निबेदन माथि कुनै कारबाहि नगरिने उनले बताए।
निबेदन यहि बैसाख १७ गतेबाट १५ दिनभित्रमा दिईसक्नु पर्ने सुचना मार्फत जनाईएको छ।