बैतडी-मेलौलीमा कक्षा १२ परिक्षा अवधिभर मदिरा बिक्रि बितरण गर्न नपाईने भएको छ। सोमबार नगरपालीकाले एक सुचना जारी गर्दै मदिरा बिक्रि बितरण तथा सेवनमा रोक लगाएको हो।
भोलीदेखि सुरु हुने कक्षा १२ को परिक्षा र पर्सिबाट सुरु हुने कक्षा ८ को ग्रेडबृद्धि परिक्षाको अवधिभर मदिरा बिक्रि बितरण तथा सेबनमा रोक लगाइएको हो। कक्षा ८ को ग्रेडबृद्धि परिक्षा यहि बैसाख ३० गतेसम्म र कक्षा १२ को परिक्षा जेठ ५ गतेसम्मका लागि मदिरा बिक्रि बितरण तथा सेबनमा रोक लगाइएको नगर प्रमुख भिम बहादुर चन्दद्धारा जारी गरिएको सुचनामा भनिएको छ।
परिक्षा सञ्चालन अवधिभर परिक्षा केन्द्र आसपास, परिक्षा सगं सम्बन्धित ब्यक्तिहरु बास बसेको ठाउँ नजिक बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्म मदिरा बिक्रि बितरण तथा सेबनमा रोक लगाईएको जनाईएको छ। नगरपालिकाको सुचना नमानि मदिरा बिक्रि बितरण तथा सेवन गरेको पाईएमा प्रचलित कानुन बमोजिक कारबाहि गरिने जनाईएको छ।
साथै परिक्षा सञ्चालन अवधिभर तोकिएको दररेट भन्द बढि मुल्यमा अन्य उपभोग्य समान बिक्रि बितरण नगर्न अनुरोध गरिएको छ।
नगरपालीकाद्धारा जारी गरिएको सुचना!
