डडेल्धुरा– डडेल्धुरामा चार जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका–७ बाट ४ जना जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ ।
सोही ठाउँ जोशीगाउँका तिर्थराज जोशीको खुकुरा पाल्ने खाली टहराभित्र तास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी पोखरा र जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरी टोलीले ३९ हजार ३ सय ९५ नगद र २ बुक ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।