बैतडी-मेलौली नगरपालिका–०९ असुर निबासि डम्बर दत्त भट्टको उपचारमा आर्थिक समस्या भएको छ। भिजिट भिसमा कामको लागि चार महिना अघि दुबै गएका भट्ट घर निमार्णको लागि छतमा चढ्ने क्रममा लडेका थिए।
छतमा चढ्ने क्रममा लडेका भट्टको पिसाब थैलि फुटेको उनका भाई महेन्द्र भट्ट भिमले बताए। भिजिट भिसामा गएका कारण कम्पनिले उपचार गर्न नमिल्ने भन्दै नेपाल फर्काएको उनले बताए। घरको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या भएको उनका भाई भट्टले बताए।
भट्टको धनगढी, नेपालगञ्ज, काठमाण्डौबाट रिफर गरि हाल भारतको पञ्जाबमा उपचार भईरहेको जनाईएको छ। भट्टको उपचारमा करिब पाच लाख रुपैया नेपाली लाग्ने अस्पताल स्रोतले जनाएको छ। घरको आर्थिक अवस्था कमजोर हुदा उनको उपचारमा आर्थिक सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेको छ।
हाल उनको उपचारका लागि सामाजिक सञ्जाल मार्फत आर्थिक संकलन अभियान सुरु गरिएको छ। नेपाल तथा भारतमा आर्थिक संकलन अभियान सुरु गरिएको जनाईएको छ। हालसम्म ९० हजार रुपैया सहयोग संकलन भईसकेको जनाईएको छ।
सहयोग गर्न चाहने ब्यक्तिहरुले कुमारी बैक मेलौली शाखमा रहेको महेन्द्र भट्टको खाता नम्बर २७१०२३८९६५२००००१, मोबायल बैकिंक नम्बर ९८६९९११३२१ मा जम्मा गर्न सकिने छ। भारतबाट सहयोग गर्न चाहने ब्यक्तिहरुले हेमराज भट्टको गुगल पे नम्बर ९७८०६१३१५६ सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।
घरमा बुढा आमाबुबा मात्र भएकाले आर्थिक समस्या भएको छ। आर्थिक सहयोगको लागि वडा सरकार र पालिका सरकारलाई आग्रह गरिएको छ।