कैलाली– कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका–९ बनबसाबाट लागूऔषधसहित भजनी नगरपालिका–३ ढुषीका २२ वर्षीय रन्जित पौडेलसहित दुई जना पक्राउ परेका हुन् ।
५ सय ५० मिलिग्राम लागुऔषधसहित प्रहरीले पौडेलसहित दुई जनालाई मंगलबार राति पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको जनाएको छ।
त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–६ रिछाहबाट पनि लागूऔषधसहित एक किशोर पक्राउ परेका छन् ।
३ ग्राम ६५ मिलिग्राम र एक थान सानो तराजुसहित बेलौरी नगरपालिका–३ खिरियाका १८ वर्षीय किशोरलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।