बैतडी-मेलौली नगरपालिकाद्धारा बिपन्न आवास निर्माणका लागि आबेदन दिन आग्रह गरिएको छ। नगरपालिकाले बुधबार एक सुचना जारी गर्दै आबेदन पेस गर्न आग्रह गरिएको छ।
नगरपालिका भित्रका स्थायी बसोबास गर्ने बिपन्न, एकल महिला, दलित, आदिबासी, जनजाति, अपांग ब्यक्तिहरुले आबेदन दिन सक्ने जनाईएको छ। आबेदन यहि बैसाख ३० गतेसम्म दिन सकिने नगर प्रमुख भिम बहादुर चन्दद्धारा जारी गरिएको सुचनामा भनिएको छ।
आबेदन दिदा निबेदकको निबेदन, नेपालि नागरिकता, जग्गाधनिको प्रमाणपत्र, सम्बन्धित वडा कार्यालयबाट स्थायी बसोबास गरेको बिपन्न नागरिक सिफारिस, जग्गाको तिरो तिरेको रसिदको प्रतिलिपि र एकला महिलाको हकमा श्रिमानको मृत्यु दर्ताको प्रमाणपत्रका साथै नाता प्रमाणित गरेको सिफारिस चाहिने जनाईएको छ।
नगरपालिकाद्धारा जारी गरिएको सुचना!
