बैतडी-मेलौलीमा एकदिने पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ। मेलौली नगरपालिका–०३ कुजागाडको केदार आधारभुत बिद्यालयको प्राङ्गणमा आज एकदिने पशु स्वास्थ्य शिबिर सम्पन्न भएको पशु सेवा शाखा प्रमुख कमलापति भट्टराईले बताए।
मेलौली नगरपालिकाको पशु सेवा शाखाको आर्थिक बर्ष २०७९/०८० को बार्षिक स्वकृत कार्यक्रम अनुसार एकदिने पशु स्वास्थ्य शिबिर सम्पन्न भएको हो।
शिबिरबाट १४५ किसानले सेवा लिएको पशु सेवा शाखा प्रमुख भट्टराईले बताए। १४५ किसानका १३५० बस्तुभाउको उपचार गरि औषधि बितरण र ७ ओटा बोकाको काष्टेसन गरिएको उनले बताए।
शिबिरमा वडाभित्रका नागरिकहरुले आफ्ना बस्तुभाउको उपचार तथा जाच गराएका थिए। आफ्नै गाउँठाउमा आएर शिबिर सञ्चालन गरि बस्तुभाउको उपचार तथा औषधि बितरण गरेकोमा पशु सेवा शाखा मेलौलीलाई स्थानियहरुले धन्यबाद ज्ञापन गरेको थिए।