न्यूनतम सेवामापदण्ड अनुगमन मूल्याङ्कनमा जिल्ला अस्पताल बैतडी देशभरिमै उत्कृष्ट

बैतडी–न्यूनतम सेवामापदण्ड अनुगमन मूल्याङ्कनमा जिल्ला अस्पताल बैतडी प्रथम स्थान ल्याउन सफल भएको छ ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय सुदूरपशिचम प्रदेशद्वारा गरिएको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मूल्याङ्कनमा जिल्ला अस्पताल बैतडी देशभरिमै प्रथम भएको अस्पतालका प्रमुख डाक्टर दिपेश श्रेष्टले जानकारी दिए ।

९५ प्रतिशत अङ्क ल्याएर नेपालमा रहेका प्राथमिक अस्पतालहरू मध्ये बैतडी सर्वोत्कृष्ट हुन सफल भएको उनले बताए । अस्पतालको व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगात्मक सेवा अन्तर्गत हुने मूल्याङ्कनमा एउटा नमुना अस्पतालको रूपमा जिल्ला अस्पताल बैतडी देशभरिमै प्रथम हुँदा खुसि लागेको उनले बताए ।

यही वैशाख ३० र ३१ गते क्षेत्रीय स्वास्थ्य निर्देसनालय र निक साइमन इन्स्टिच्युट (एनएसआई)ले जिल्ला अस्पताल बैतडीको अनुगमन तथा मूल्यांकन गरेको थियो।
अस्पतालाई देशभरिमै प्रथम स्थानमा पार्न सहयोग गर्ने अस्पताल व्यवस्थापन समिति, डाक्टरह?, स्वास्थ्यकर्मी, स्थानीय निकाय, समुदाय, सेवाग्राही, संघ–संस्था, सञ्चारकर्मी, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय सबैलाई धन्यवाद व्यक्त गरिएको छ ।

जिल्ला अस्पताल बैतडीमा पछिल्लो समय विशेषज्ञ सेवा प्रदान भैरहेको छ । अहिले जिल्ला अस्पताल बैतडीमा पाँच जना विशेषज्ञ डाक्टर सहित १२ जना डाक्टरह? कार्यरत छन् ।

अहिले जिल्ला अस्पताल बैतडीमा पाँच जना विशेषज्ञ डाक्टर सहित १२ जना डाक्टरह? कार्यरत छन् ।

जिल्ला अस्पतालमा अहिले हाडजोर्नी, नाककान घाँटी,एनेस्थियोलोजीष्ट, डेन्टल सर्जन,एमडीजीपी,बालरोग गरेर ५ जना जना बिशेषज्ञह?ले सेवा दिइरहेका डाक्टर श्रेष्टले बताए ।

Leave A Reply

Your email address will not be published.