मध्य अमेरिकी राज्य एल–साल्भाडोरमा भागदौड मच्चिँदा नौ जनाको ज्यान गयो
काठमाण्डौ – मध्य अमेरिकी राज्य एल साल्भाडोरमा भागदौड मच्चिँदा नौ जनाको ज्यान गएको छ । कैयौँ घाइते भएका छन् ।
फुटबल खेलका क्रममा कुस्काटलान रङ्गशालामा मच्चिएको भागदौडमा सात जना पुरुष र दुई जना महिलाको ज्यान गएको बीबीसीले जनाएको छ ।प्रहरीका अनुसार कुस्काटलान रङ्गशालामा अलियान्जा र एफएएस फुटबल टीमबीचको खेल हेर्न हजारौँ समर्थक पुगेका थिए ।खेल हेर्न समर्थकहरु प्रवेश गरिरहेका बेला भागदौड मच्चिएको स्थानीय प्रहरीले बताएका छन् ।प्रहरीका अनुसार भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्याइएको छ ।
अलियान्जा र एफएएस एल साल्भाडोरका लोकप्रिय फुटबल टीम हुन् । भागदौड मच्चिनुको कारण खुल्न बाँकी छ ।