अछाममा करेन्ट लागेर एक जनाको मृत्यु

अछाम -अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका–४ सेलगाँउका २५ वर्षीय सर्जने साउँदको करेन्ट लागेर मृत्यु भएको हो।

उनको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हात्तीकोट देखि सेलगाउँतर्फ बिजुलीको लाइन बिस्तार गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

Leave A Reply

Your email address will not be published.