कञ्चनपुर– कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका–४ का ३४ वर्षीय प्रताप खुनाको करेन्ट लागेर मृत्यु भएको हो । शनिबार राति मछेली नदी किनारमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हावाहुरीले विद्युतको पोल ढल्दा साइकल सवार उनको करेन्ट लगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
स्थानीयले क्षतिपूर्ति, मृतका परिवारलाई रोजगारी र विद्युत पोलहरु व्यवस्थित गर्नुपर्ने माग गरेका छन् ।