भागेश्वर गाउँपालिका–०१ मा अल्लो प्रशोधन तथा कपडा बुनाई तालिम सम्पन्न

डडेल्धुराको भागेश्वर गाउँपालिका–०१ मा अल्लो प्रशोधन तथा कपडा बुनाई तालिम सम्पन्न भएको छ। भागेश्वर गाउँपालिकाको आयोजनामा पुवालेक/दुनालेकमा २ महिने अल्लो प्रशोधन तथा कपडा बुनाई तालिम सम्पन्न भएको उद्यम बिकास सहजकर्ता पार्वती शाहिले जानकारी दिए।

तालिममा ११ जना महिलाहरुको सहभागिता रहेको वडा अध्यक्ष मणिक राज भट्टले बताए। तालिमले आफुहरुलाई फाईदा भएको सहभागि महिलाहरुले बताए। आगामि दिनहरुमा पनि यस्तै प्रकारका तालिमहरु सञ्चालन गर्न गाउँपालिकालाई आग्रह गरेका थिए।

Leave A Reply

Your email address will not be published.