बैतडी-डडेल्धुराको भागेश्वर गाउँपालिकाले शैक्षिक बर्ष २०८० लाई शैक्षिक गुणस्तर सुधार बर्ष कार्यक्रममा सहयोग गरिदिन अनुरोध गरेको छ। सोमबार पालिकाले एक सुचना जारी गर्दै शैक्षिक गुणस्तर सुधार कार्यक्रममा सहयोग गरिदिने अनुरोध गरेको हो।
भागेश्वर गाउँपालिकाले शैक्षिक बर्ष २०८० लाई शैक्षिक गुणस्तर सुधार बर्षका रुपमा लिएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतिले बताए। गाउँपालिकाले थालेको यो अभियानलाई सकार पार्न सबै गाउँपालिका बासीमा अनुरोध गरिएको छ।
आफ्ना नानिबाबुहरु नियमित रुपमा बिद्यालय गए/नगएको, पुरा समय कक्षा कोठामा बसे/नबसेको, गृहकार्य गरे/नगरेको, अतिरिक्त समयमा अध्ययन गरे/नगरेको, पोषाक लाए/नलाएको र कापि किताब भए/नभएको बारेमा ध्यान दिनहुन सबै अभिभावकहरुमा आग्रह गरिएको छ।
