बैतडिको पुर्चौँडिमा मस्वासेको वार्षिक समिक्षात्मक कार्यक्रम सम्पन्न

बैतडी– बैतडीको पुर्चौडिमा राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविकाको वार्षिक समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ।
वडा नम्बर ७ भित्र रहेका राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविकाहरुले यस वर्षभित्र गरेका सबै कामका बिषयमा छलफल गरिएको वडाअध्यक्ष धिरेन्द्र बहादुर बमले बताए।

साथै समिक्षात्मक कार्यक्रममा वडाअध्यक्ष बमले यस आर्थिक वर्षको योजनामा स्वयमसेविकाका लागि प्रोत्साहन स्वरुप सञ्चार खर्च छुट्याएको बताए ।
उनले आफ्नो वडाभित्र रहेका १३ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रति व्यक्ति ४ हजार ८ सयका दरले वितरण गरेको बताए ।

Leave A Reply

Your email address will not be published.