दीपेन्द्र र सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालले युएईलाई हरायो

दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट अलराउण्डर प्रदर्शनमा आइसिसी विश्वकप छनोट अन्र्तगत प्लेअफ खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको छ ।

जितका लागि पाएको १८२ रनको लक्ष्य नेपालले ४३ दशमलब २ ओभरमा ७ विकेटको क्षतीमा पुरा गर्यो । नेपालको जितमा दीपेन्द्र र सन्दीपले महत्वपूर्ण योगदान दिए ।

एक समय १०६ रनमा ७ विकेट गुमाएर संकटमा परेको नेपाललाई दीपेन्द्र र सन्दीपले सम्हालेका थिए । यि दुबै ब्याटरले अर्धशतकीय ७९ रनको विजयी साझेदारी गरे ।
दीपेन्द्र ७९ र सन्दीप २३ रनमा अविजित रहे । दीपेन्द्र प्लेयर अफ द म्याच भए ।

यस्तै गुल्शन झा १२,कुशल भुर्तेल ३५, आरिफ शेख १, भीम सार्की १,कप्तान रोहित पौडेल ४,ज्ञानेन्द्र मल्ल १३ र अर्जुन साउँद १ रन बनाए ।

त्यसअघि हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्ता पाएको युएई ४६ दशमलब ५ ओभरमा १८१ रनमा अलआउट भयो ।

जसमा वृत अरविन्दले सर्वाधिक ४४ र रोहन मुस्तफाले ३५ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसीले ३, गुल्शन झा,दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसीले एक एक विेकट लिए ।

जितसंगै सुपर सिक्सबाट बाहिरिसकेको नेपालले सातौं स्थानका लागि टेस्ट टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

युएई भने नवौं स्थानको लागि अमेरिकासँग भिड्नेछ ।

Leave A Reply

Your email address will not be published.