मेलौली न्यूज
असोज ०२ शनिबार,२०७८
बैतडी–नेपाली कांग्रेस मेलौली नगर सभापतिमा तीन जनाले ईच्छा ब्यक्त गरेका छन। कांग्रेसको १४ औं महाधिवेशन नजिक आईरहेका बेला मेलौली नगरपालीकाको सभापतिमा तीन जनाले ईच्छा ब्यक्त गरेका हुन।
नगर सभापतिको लागी वर्तमान सभापति नरेश बिष्ट, लोकराज भट्ट र परमानन्द भट्टले ईच्छा ब्यक्त गरेका हुन।
मेलौली नगरपालीका–०६ का वडा अध्यक्ष समेत रहेका परमानन्द भट्ट नेपाली काग्रेसको संस्थापन पक्षबाट र बर्तमान सभापति नरेश बिष्ट र लोकराज भट्ट पौडेल समुहबाट ईच्छा ब्यक्त गरिहेका छन।
तिनै जानाले नेपाली काग्रेसको पाटिलाई अझ बलियो बनाउने र एकताबद्ध ढङले अगाडी बढाउने बताएका छन। नेपाली काग्रेसको यही असोज ९ गते पालिका अधिवेशन हुदै छ।