दशरथचन्दकी उपमेयरले आफ्नो सेवासुविधाको रकम विपन्न र दलित विद्यार्थीलाई दिने घोषणा

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाका उप-प्रमुख कौशिला चन्दले आफूले पाउने मासिक सुविधाको रकम नगरपालिकाभित्रका दलित, बिपन्न र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पढाइमा सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

आज पत्रकार सम्मेलन गर्दै चन्दले कुनै लाभका लागि राजनीतिमा नआएकोले नगरभित्रका दलित, बिपन्न परिवारबाट प्राविधिक विषय पढ्ने २२ विद्यार्थीलाई वार्षिक ५० हजारका सहयोग गर्ने घोषणा गर्नु भएको हो ।

स्थानीय तहको उप प्रमुखका रुपमा आफूले पाएको मासिक ४३ हजार रुपियाँ र बैठक भत्ता बापत प्राप्त भएको पहिलो आर्थिक वर्षको सम्पूर्ण रकम जम्मा गरेको आगामी वर्षको पनि जम्मा गरेर उनीहरूलाई सहयोग गर्ने बताउनुभयो ।

मासिक ४३ हजार रुपियाँ र केही बैठक भत्ताको रकम दलित, बिपन्न बिद्यार्थीको पढाईमा खर्च गर्ने बताउदै उहाँले यो बाहेक नगरपालिकालाई आर्थिक भार पर्ने गरि अन्य कुनै सुविधा नलिएको जानकारी दिनुभयो ।

मासिक सुविधाको रकमबाट ‘उप प्रमुख कोष ’खडा गरि गरिब, दलित र पिछडिएको क्षेत्रका विद्यार्थीलाई बाली विज्ञान, सव ओभरसियर, भेटेरीनरी जेटिए लगायतका प्राविधिक विषय पढ्न आर्थिक सहयोग गर्ने उप प्रमुख चन्दले बताउनुभयो ।

उपप्रमुख चन्द आफ्नै गाडीमा कार्यालय आवत जावत गर्दै आउनु भएको छ भने निवास सुसविधा र स्वकीय सचिव जस्ता कुनै पनि पदमा आफन्त र नातागोता भर्ना गर्नु भएको छैन ।
कुनै लाभका लागि राजनीतिमा नआएको बताउनुहुँदै आफ्नो सेवा सुविधाबापत मिल्ने सबै खर्च शिक्षा क्षेत्रमा खर्च गर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.