डोटी-जिल्लामा नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद सेती नदिमा बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहिवार पौडी खेल्ने क्रममा उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई स्थानीयले उद्धार गरेका छन् । अहिले उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र बेपत्ता सुशान्तको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक लक्ष्मी जोशीले बताए ।
खोजी कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्त परिचालन गरिएको छ।