पञ्चेश्वर दुईको गोइलानी र गईर टोल पहिरोको उच्च जोखिमा


मोहन चन्द

कात्तिक १, सोमबार २०७८
बैतडी–पञ्चेश्वर गाउँपालिका २ को गोईलानी र गईर टोल पहिरोको उच्च जोखिममा रहेका छन् । आईतवार साँझदेखि परेको अबिरल वर्षाले गोईलानी टोलमा पहिरो जाँदा स्थानिय हरी चन्दको एक कोठे घरमा क्षेती गरेको छ ।
राती तिन बजेतिर आएको घरमाथीबाटको पहिरोले चन्दको घरमा क्षेती पु¥याएको हो । घर भित्र सुतेका चन्दकी श्रीमतीलाई खुट्टामा समान्य चोटलागेको र अरु सबै शुरक्षित रहेको चन्दका छोरा विरेन्द्र चन्दले बताउनु भयो ।
दुई कोठे घर भएको हुनाले अरु घरका सदस्य अर्को कोठामा सुतेकाले शुरक्षित हुन पाएुको उनले बताए । बर्षात नरुकेकाले अहिले चन्दको परिवारलाई अकै घरमा सार्ने तयारी भइरहेको छ ।
गोईलानी टोलमा रहेका अरु घर पनि पहिरोको उच्च जोखिममा रहेका छन् । गोईलानी टोलमा रहेका देव चन्द, सुन्दर चन्द, धन वहादुर चन्द, राजेन्द्र चन्द, मन्धीर चन्द, करबीर चन्द, मदन चन्द सुन्दर चन्द, केशव चन्द, करन चन्द र बिरी चन्दको घर उच्च जोखिममा रहेका वडा सदस्य गोपाद चन्दले बताए ।
घर माथिबाट निर्माण गरिएको कुलाउँ डिम्बर सडकले गोईलानी र गाईर टोल पहिरोको उच्च जोखिममा रहेका हुन् । गईरटोलमा पनि पहिरोको डरले एक परिवार अर्कै टोलमा स्थान्तरण भई बसेका छन् ।
यस अघि आएको बर्षातले गईरटोलमा एक घरमाथि पहिरोले पुर्ण क्षती गरेको हुनाले त्यस ठाउँका स्थानिय पनि पहिरो आउने डरले त्रसीत रहेका छन् । सडकमा जम्मा भएको पानी निकास हुने ठाउँ नभएपछि पहिरो जान लागेको हो । सडकमापानी निकास हुने नाली निर्माण गर्न सके पहिरो कम जाने सम्भावना देखिन्छ ।

Leave A Reply

Your email address will not be published.