सुनको भाउ एक सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ -सुनको भाउ आज सामान्य बढेको छ ।सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको हो । चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख १२ हजार ६ सय रुपैयाँ छ ।यस्तै, चाँदी तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.