मिराज र शान्तोको शतकमा बङ्गलादेशले अफगानिस्तानलाई दियो ३ सय ३५ रनको लक्ष्य

काठमाण्डौ – एसिया कप क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानलाई ३ सय ३५ रनको लक्ष्य दिएको छ ।

लाहोरको गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३४ रन बनायो । बङ्गलादेशका लागि मेहदी हसन मिराज र नजमुल होसेन शान्तोले शतक बनाए । मिराज १ सय १२ रनमा रिटायर्ड हर्ट हुँदा शान्तो १ सय ४ रनमा आउट भए । यस्तै कप्तान शाकिब अल हसनले नटआउट ३२ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमान र गुलबदिन नइबले १र१ विकेट लिए ।

Leave A Reply

Your email address will not be published.