तरुण दल बैतडीको प्रशिक्षण भदौं २४ मा, डा. मिनेन्द्र रिजाल आउदै

बैतडी -नेपाल तरुण दल बैतडीले बीपी जयन्तीको अवसरमा प्रशिक्षण र वेभसाइट उद्घाटन कार्यक्रमको आयोजना गरेको छ । यही भदौं २४ गते परेको ११० औं बीपी जयन्तीको अवसरमा पाटनमा प्रशिक्षण र वेभसाइट उद्घाटन कार्यक्रम राखिएको तरुण दल बैतडीका कार्यवाहक अध्यक्ष महेशदत्त भट्टले जानकारी दिनुभयो ।

प्रशिक्षण र वेभसाइट उद्घाटन उद्घाटनका लागि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजाल बैतडी आउनुहुने कार्यक्रम रहेको तरुण दल बैतडीले जनाएको छ ।

उक्त प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध सम्पूर्णलाई उपस्थितीका लागि अनुरोध गरिएको छ ।

तरुण दललाई डिजिटल मोडेलमा अगाडी बढाउनका लागी वेभसाइट सञ्चालन र प्रशिक्षणको आयोजना गरिएको कार्यवहाक अध्यक्ष भट्टले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.