बैतडीमा करेन्ट लागेकी कलावतीलाई काठमाडौं रेफर

बैतडी- करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीको डिलाशैनी गाउँपालिका ६ की ४३ वर्षीया कलावती नाथको काठमाडौंमा उपचार थालिएको छ ।
भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइते भएकी कलावतीलाई सोही दिन नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरि नेपालगञ्ज लगिएको थियो ।
नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योेगेश खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ नेपालगञ्जबाट रेफर गरेर काठमाडौंको कीर्तिपुरमा रहेको वर्न हस्पिटलमा कलावतीको उपचार थालिएको छ । अवस्था सुधारोन्मुख छ भन्ने खबर प्राप्त भएको छ । ”
भदौ १८ गते बिहान घाँस काटन गएकी नाथले विद्युतको हाइटेन्सनमा लाइनलाई छुदा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.